सेप्टेम्बरमा एसिया कप हुने
काठमाडौं- एसीसी एसिया कप क्रिकेट २०२५ आगामी सेप्टेम्बरमा हुने भएको छ । भारतमा हुने तय भएको भएपनि अब भेन्यू भने परिवर्तन गरिने भएको छ ।
टी-२० फर्म्याटमा हुने प्रतियोगिता श्रीलंका वा यूएईमा हुनेछ । प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान सोझै छनोट भएका छन् ।
एसीसी प्रिमियर कपमा शीर्ष ३ मा रहेका टोलीहरू हङकङ, यूएई र ओमान पनि खेल्ने छन् । नेपाल भने यसपटक यस प्रतियोगितामा देखिने छैन । सन् २०२४ मा ओमानमा भएको एसीसी प्रिमियर कपमा खराब प्रदर्शन गरेपछि नेपाल एसिया कपबाट वञ्चित भएको हो ।
प्रिमियर कपको विजेताले एसिया कप खेल्ने प्रावधान रहेपनि पछि २ टोली थपेर खेलाउने निर्णय हुँदा प्रिमियर कपकै उपविजेता र तेस्रो स्थानको टोलीले मौका पाए ।
नेपाल सेमिफाइनलमा यूएईसँग पराजित हुँदा तेस्रो स्थानको खेलमा हङकङसँग पनि परााजित भएको थियो ।