काठमाडौं- सरकारले एकै पटक ७८ सहसचिवको सरुवा गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सरुवाको निर्णय गरेको हो । सरुवा सूची भने बिहीबार मात्र सार्वजनिक भएको हो ।
सरुवा सूची अनुसार भर्खरै मात्रै उपसचिवबाट सहसचिवमा बढुवा भएका तथा खुला प्रतिस्पर्धाबाट सहसचिवमा सिफारिस भएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवलाई जिम्मेवारी दिएको छ । सूची अनुसार विभिन्न दुई विभागका महानिर्देशक पनि हेरफे भएका छन् ।
सूची अनुसार सहकारी विभागका महानिर्देशक पिताम्बर घिमिरेको संघीय मामिला तथा सामान्इ प्रशासन मन्त्रालयमा सरुवा भएको छ भने पशुसेवा विभागका महानिर्देशक महानिर्देशक उमेश दाहालको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मधेश प्रदेशमा सरुवा भएको छ ।
हेर्नुस् सरुवा सूची