भर्खरै आएको भुकम्पको ५.१ वा ५.५ वा ६.१ ? क्षति कति ? बिहान ३:३० को विवरण
केहिबेर अगाडि नेपालको पुर्वी भुभागदेखि काठमाण्डौ तथा गोरखामा पनि भुकम्पको झड्का महसुस भएको थियो । काठमाण्डौमा मानिसहरू घरबाहिर निस्किएका थिए ।
युएसजिसीले सुरूमा नेपाल, चीनसिमा आसपास केन्द्रविन्दु भएर ५.१ रेक्टर स्केलको भुकम्प हुन सक्ने अनुमान गरेको थियो । त्यसलाई सुधार गर्दै युएसजिसीले सिन्धुपाल्चोकको कर्थाली केन्द्रविन्दु भएर ५.५ रेक्टर स्केलको भुकम्प रहेको र यसले नेपाल तथा तिब्बतसमेतमा धक्का महसुस गराएको जानकारी दिएको छ ।
नेपालको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले भर्खरै आफ्नो वेबसाइटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भुकम्प आएको बताएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१ ०३:२७
प्रतिक्रिया दिनुहोस्