Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ०७२ पछि ६ म्याग्निच्युडमाथिका कति वटा भूकम्प गए?

शुक्रबार, फागुन १६, २०८१

काठमाडौं– ज्योतिष विज्ञान या विज्ञानका कुनै पनि खोजले पत्ता लगाउन नसकेको विषय हो, भूकम्पको पूर्वानुमान। 

खाली भूकम्प जान सक्छ भन्ने सम्भावना मात्र विज्ञानले हालसम्म केलाउन सकेको छ। 

०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु बनाएर ७.६ म्याग्निच्युडको महाभूकम्पमा ठूलो क्षति भयो। 

त्यसको पराकम्पन स्वरुप सिन्धुपाल्चोकमा ६ म्याग्निच्युड र त्यसका आसपासमा भूकम्प मापन गरिएको थियो। 

तर संयोग मान्नुपर्छ सिन्धुपाल्चोक नै केन्द्रविन्दु बनाएर ५–५ बर्षको अन्तरालमा ६ म्याग्निच्युड र सोमाथिको भूकम्प गएको छ। 

त्यसको पछिल्लो उदाहरण शुक्रबार बिहान २ बजेर ५१ मिनेटमा गएको ६.१ म्याग्निच्युडको भूकम्प हो। 

सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१  म्याग्निच्युडको भूकम्प गएको थियो।

हाल भूकम्पको परकम्प जाने क्रम जारी छ। २३ वटा परकम्प गएको केन्द्रले जनाएको छ। अझै जाने क्रम जारी छ। 

यो ०७७ सालपछिको ५ बर्षको अन्तरालमा गएको ६ म्याग्निच्युडमाथिको भूकम्प हो।

यसअघि २०७७ साल भदौ ३१ गते बिहान ५ बजेर १९ मिनेटमा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो। 

यस भूकम्पलाई २०७२ सालको गोरखा भूकम्पको परकम्प मानिएको थियो। 

त्यसपछि पनि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर विभिन्न परकम्पहरू गएका थिए, तर ती सबै ६ म्याग्निच्युडभन्दा कम थिए। तर ०७७ सालमा गएको उक्त भूकम्प पनि ०७२ सालको ५ बर्षपछि गएको ठूलो थियो।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  ०९:१७
प्रतिक्रिया दिनुहोस्