बेपत्ता भएका हाइड्रोपावरमा कार्यरत मजदुर मृत भेटिए
काठमाडौं– दोलखाको एउटा हाइड्रोपावर कम्पनीमा कार्यरत रोल्पा घर भएका मजदुर बिहीबार साँझ मृत फेला परेका छन्।
नाशा हाइड्रोपावरमा कार्यरत रोल्पाको सुनछहरी गाउँपालिका–३ का २३ वर्षीय बजिन्द्र घर्तीमगर मृत फेला परेका हुन्।
हाइड्रोपावरको मादी जलजला कन्स्ट्रक्सनमा काम गर्दै आएका बजिन्द्र तीन दिनदेखि बेपत्ता थिए। उनी १४ फागुनदेखि सम्पर्कविहीन रहेको बताइएको छ।
खोजतलास गर्दै जाने क्रममा उनको शव बिगु गाउँपालिका, लामाबगरबाट देउराली जाने बाटोको भीरमा फेला परेको प्रहरीको भनाइ छ।
उनको शव बाटोभन्दा करिब २ सय मिटर तल भीरमा फेला परेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१ ०९:२५
प्रतिक्रिया दिनुहोस्