नेभिगेशन
सुरक्षा–अपराध

बनेपाको होटलमा युवती मृत फेला परिन्, ‘हत्या गरिएको हुन सक्छ’

काठमाडौं– इलाका प्रहरी कार्यालय बनेपाले त्यहाँको एक होटलमा मृत फेला परेकी २३ बर्षिया युवतीको हत्या हुन सक्ने आशंका गरेको छ।

बनेपा नगरपालिका ८ मा रहेको होटल भ्यू पाहुना घरमा बिहीबार साँझ ५ः३० बजेको समयमा मेडिकलमा काम गर्ने युवती मृत फेला परेकी हुन्। 

प्रारम्भिक अनुसन्धानबाट मृत महिला रामेछाप घर भइ बनेपा–६ बस्ने २३ वर्षीया शर्मिला श्रेष्ठ हुन्। उनी बनेपाकै एक मेडिकलमा कार्यरत थिइन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध