नेभिगेशन
राजनीति

सभापति देउवाले बोलाए कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक, दुई वटा एजेन्डा छन्

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार अपरान्ह ४ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक निजी निवास बुढानिलकण्ठमा डाकेका छन्।

सदनमा पेश नभएको सरकारले ल्याएका अध्यादे पहिलो एजेन्डा हो भने दोस्रोमा भातृ संस्थाको अधिवेशन पनि रहेको देउवानिकट स्रोतले जनाएको छ।

सरकारको मुख्य साझेदार कांग्रेसले अध्यादेश पास गराउनका लागि अन्य दलसँगको समन्वयको विषयमा पनि बैठकमा चर्चा गर्ने बताइएको छ।

बैठकमा संसदमा पेश भएका विधेयकहरुलाई छिटो प्रक्रियामा लाने विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति