नेभिगेशन
समाज विविध

जेनेभाबाट काठमाडौं आएकी परराष्ट्रमन्त्री आरजु विमानस्थलमा उत्रिन सकिनन्, कलकत्ता पुगिन् 

काठमाडौं– कतार एयरलाइन्सबाट दोहा हुँदै स्वीटजरल्यान्डको जेनेभाबाट काठमाडौं उत्रिन आएकी परराष्ट्रमन्त्री आरजु राणा भारतको कलकत्ता पुगेकी छन्। 

काठमाडौंमा विमान अवतरण हुन नसकेपछि कतार एयरलाइन्स कलकत्तामा अवतरण गरेको हो।

खराब मौसमका कारण काठमाडौं ओर्लन नसकेपछि कोलकाता डाइभर्ट भएको हो। 

काठमाडौंमा ओर्लन धेरै कोसिस भए पनि मौसमले साथ नदिएपछि कोलकाता लगिएको थियो। जेनेभामा राष्ट्रसंघको बैठकबाट राणा स्वदेश फर्कदै थिइन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध