नेभिगेशन
मनोरञ्जन

एन्जिला अभिनीत चलचित्र ‘अञ्जिला’को ट्रेलर सार्वजनिक

काठमाडौँ- राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र ‘अञ्जिला’को ट्रेलर सार्वजनिक भएको छ ।

दुर्गम जन्मथलोबाट व्यावसायिक फुटबल खेलाडी बन्ने सपना बोकेर राजधानीमा उनले गरेको संघर्षसम्मको कथा ट्रेलरमा चित्रण गर्न खोजिएको छ ।

एञ्जिलाको खेलाडी बन्ने सपना पछाडिको संघर्षलाई चलचित्रमा देखाइएको ट्रेलरबाट बुझ्न सकिन्छ। महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान बन्दासम्मको उनको यात्रालाई प्रस्तुत गरिएको छ ।

मिलन चाम्स निर्देशित चलचित्रमा दयाहाङ राई उनका बुबा र सिर्जना सुब्बा आमाको रोलमा छिन्। बुवा फुटबलको विपक्षमा र आमा पक्षमा देखिएका छन्। सुनिल थापा रातेकाइँला कोचको रोलमा छन् । चलचित्रमा एञ्जिला आफैँ मुख्य भूमिकामा छिन् भने
माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराललगायतको अभिनय रहेको छ ।

प्रेमकुमार श्रेष्ठको निर्माण रहेको चलचित्रलाई सुदीप बरालले खिचेका छन् । कथालाई प्रदीप भारद्वाज, यम थापा र गिरिराज घिमिरेले मिलेर लेखेका हुन् । राजनराज सिवाकोटी, हरि लम्साल र थानेश्वर गौतमको संगीत, कविराज गहतराजको नृत्य रहेको छ ।

चलचित्र ‘अन्जिला’ फागुन २९ मा प्रदर्शनको तयारीमा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन