काठमाडौँका ४१ वडामा निर्वाचित रास्वपाका २९५ सदस्यद्वारा शपथ ग्रहण
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।
पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा भएको कार्यक्रममा काठमाडौँ जिल्लाका ४१ वडामा अधिवेशनबाट निर्वाचित २९५ पदाधिकारी/सदस्यहरूले शपथ ग्रहण गरेका हुन् ।
शपथ ग्रहणमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल, कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटी, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसहित केन्द्रीय सदस्य र सांसदहरू उपस्थित थिए ।
शपथपछि कार्यवाहक सभापति डोलप्रसाद अर्यालले वडा अधिवेशनबाट निर्वाचित सबैलाई आफ्नो जिम्मेवारीमा केन्द्रित भएर काम गर्न निर्देशन दिए ।
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१ १७:०५
प्रतिक्रिया दिनुहोस्