उपेन्द्र यादवले भने- भूमि अध्यादेश फिर्ता नभए जनआन्दोलनको बाटो पक्रन्छौँ
काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सांसदहरू खरिदबिक्री गरेर भूमि अध्यादेश फिर्ता गराउनेतिर सरकार गएको खण्डमा आफूहरू जनतातिर फर्कने बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित अध्यादेशबारे विज्ञसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।
‘सरकारले यो अध्यादेश (भूमि) फिर्ता लिओस् । हैन सांसद खरिद बिक्री गरेर यो पास गराउँछ भने हामी जनताकोमा जान्छौँ, र जनआन्दोलनको बाटो पक्रन्छौँ, यो स्पष्ट भए हुन्छ,’ उनले भने ।
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१ १७:४७
प्रतिक्रिया दिनुहोस्