Nic Ad Nic Ad
Nic Ad Nic Ad

कलाकार चेतबहादुरको निधन, उनी फिल्म र सिरियलमा सक्रिय थिए!

शुक्रबार, फागुन १६, २०८१

काठमाडौं- चर्चित कलाकार, निर्माता तथा नेपाल चलचित्र कलाकार संघका निवर्तमान महासचिव चेत बहादुर सिंह (राजा)को निधन भएको छ।

कलाकार संघमा आवद्ध बाल्कृष्ण निरौलाले सिंहको निधन भएको सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका छन्।

सिंहको उपचारका क्रममा काठमाडौंको टिचिङ अस्पतालमा निधन भएको हो । उनी केही समयदेखि अस्वस्थ रहेको वुझिएको छ ।

उनी पछिल्लो केही समयदेखि जण्डिसबाट पीडित थिए । उपचारका लागि टिचिङमा भर्ना भएका उनको आज निधन भएको हो । 

उनको निधनले नेपाली कला क्षेत्र शोकमग्न बनेको छ। नेपाली कांग्रेससम्बद्ध साँस्कृतिक संघको केन्द्रीय सदस्य समेत रहेका सिंहले लामो समयदेखि नेपाली चलचित्र र टेलि सिरियलमा महत्वपूर्ण योगदान दिँदै आएका थिए । 

निरौलाका अनुसार उनको अन्त्येष्टि आज १ घण्टापछि पशुपति आर्यघाटमा गरिने भएको छ। 
 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १८:१४
प्रतिक्रिया दिनुहोस्