Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्ववियु निर्वाचनबारे त्रिविको १३ बुँदे निर्देशन

शुक्रबार, फागुन १६, २०८१

काठमाडौं - त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिद्वारा क्याम्पस र कलेज निर्वाचन समितिलाई १३ बुँदे निर्देशन जारी गरेको छ ।

शुक्रबार त्रिविको केन्द्रीय निर्वाचन अनुगमन तथा समन्वय समितिले निर्देशन जारी गरेको हो । चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनका लागि केन्द्रीय अनुगमन तथा समन्वय समितिले निर्देशन जारी गरेको हो । रेक्टरको अध्यक्षतामा रहेको समितिले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न निर्देशन जारी गरेको हो ।

त्रिविले जारी गरेको १३ बुँदे निर्देशन

१- क्याम्पस कलेजले आवश्यकता अनुसार ३ देखि अधिकतम ७ सदस्यीय निर्वाचन आचार संहिता अनुगमन तथा समन्वय समिति गठन गर्न सक्नेछ । साथै विशेष आवश्यकताका आधारमा अन्य समिति समेत गठन गर्न सकिनेछ ।

२- संघ सङ्गठन समूह दर्ता फारम एजेन्ट संख्या उम्मेदवारी फिर्ता फारम, मुचुल्का ढांचा लगायत आवश्यक फारमहरु क्याम्पस/कलेजको निर्वाचन समितिले तयार गर्नेछ ।

३- स्व.वि.यु.निर्वाचनमा प्रत्यक्ष तर्फ भागलिने “समूह” भन्नाले मतदाता सुचीमा नाम भएका विद्यार्थीहरु मध्येबाट एकजना संयोजक सहित कम्तिमा ११ जना सदस्य रहेको “समूह” बनाउनु पर्नेछ र उक्त समुहको बैठकले त्यस्तो समूह गठन गरेको निर्णय प्रतिलिपि प्रमाणित गरी समूह दर्ता गर्नुपर्ने छ ।

४- क्याम्पस विद्यार्थी कल्याण प्रमुख संयोजक वा सदस्य सचिव रहने उल्लेख हुनुलाई निर्वाचन अधिकृत वा निर्वाचन समितिको सदस्य सचिव रहने व्यवस्थाको रूपमा स्पष्ट गरिएको छ । क्याम्पस विद्यार्थी कल्याण प्रमुख नियुक्त नभएको अवस्थामा क्याम्पस प्रमुखले क्याम्पसका शिक्षकहरु मध्येबाट स्ववियु निर्वाचन प्रयोजनको लागि आवश्यक जिम्मेवारी तोक्न सक्नेछन् ।

५- क्याम्पस कलेजमा स्नातक तह वार्षिक प्रणाली अन्तर्गत प्रथम वर्ष र सेमेष्टरमा माघ ११ गतेसम्म भर्ना भएका विद्यार्थीहरुलाई मतदाता नामावलीमा समावेश गर्नु पर्नेछ ।

६- क्याम्पस/ कलेजमा सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तह प्रथम सेमेस्टरमा माघ मसान्तसम्म भर्ना भएका विद्यार्थीहरुलाई मतदाता नामावलीमा समावेश गर्नु पर्नेछ ।

७- क्याम्पस कलेजमा स्नातक तह वार्षिक र समेस्टर प्रणाली अन्तर्गत दोस्रो, तेस्रो सेमेष्टर र वर्षमा भर्नाको सन्दर्भमा ५ दिन अगाडि सम्मको भर्ना तोकिएकोमा उक्त दिन सार्वजनिक विदा परेमा क्याम्पस/ कलेज खुलेको दिनलाई बुझुनु पर्दछ ।

८- डीन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयले २०५१ फागुन १ गतेदेखि चैत्र ४ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरी त्यस बीचमा परीक्षा दिएका वा दिइरहेका विद्यार्थीहरु सोही वर्ष र सेमेष्टरका मतदाताको रुपमा रहने तथा मतदान गर्ने समयमा सोही वर्ष र सेमेष्टरको क्याम्पस परिचय पत्र वा प्रवेश पत्रको आधारमा मतदानको व्यवस्था गर्न सकिनेछ । उक्त अवधिमा परीक्षा दिएका विद्यार्थीहरुलाई माथिल्लो कक्षामा तत्कालै भर्ना हुनुपर्ने बाध्यकारी अवस्था रहनेछैन ।

९- त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्बन्धि निर्देशिका २०८१ को दफा १३ को उपदफा ४ मा उल्लेख भएको वर्तमान स्ववियुको पदावधि सम्बन्धि व्यवस्थाको सम्बन्धमा त्रिभुवन विश्वविद्यालय शैक्षिक प्रशासन सम्बन्धि नियम २०५० को परिच्छेद २ को दफा ३४८ को बुंदा (घ) आकर्षित हुनेछ ।

१०- त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यायको मंत्राधिकार कुनै एउटा क्याम्पसको एउटा तहको एउटा कक्षाको लागि मात्र हुनेछ ।

११- वार्षिक/ सेमेष्टर प्रणाली अन्तर्गत अन्तिम वर्ष सेमेष्टरमा यदि सैद्दान्तिक विषय नभएको अवस्थामा उक्त वार्षिक/ सेमेष्टरको अवधि साधारणतया एक वर्ष र छ महिनाको हुने भएकोले अन्तिम वर्ष सेमेष्टर भन्नाले उक्त वर्ष सेमेष्टर भन्दा अघिल्लो वर्ष सेमेष्टरको परीक्षा सकिएको दिनदेखि एक वर्ष छ महिनाको अवधिसम्म मात्र मताधिकार रहने छ । एक वर्ष छ महिनाको समयाबधि पुगेका पुर्ण वा आंशिक तलबी इन्टर्नमा रहेका विद्यार्थीहरुको मताधिकार रहने छैन ।

१२- निर्वाचन तालिकाको क्रमसंख्या ६ र १२ नम्बर बुँदाको कार्यक्रम यथावत हुनेगरी आवश्यकता अनुसार क्याम्पस निर्वाचन समितिले निर्वाचन तालिकामा हेरफेर गर्न थप आचारसंहिता जारी गर्न र मतदानको दिन आवश्यक परेमा समय थप गर्न सक्नेछ ।

१३- स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको दिन क्याम्पस/ कलेज हाताभित्र स्वयं सेवकको व्यवस्थालाई पुर्ण रुपमा निषेध गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १८:३०
प्रतिक्रिया दिनुहोस्