ओली र देउवाको सहमति भयो, बहुमत जुटाएर अध्यादेश यहि महिनाको अन्तिममा पारित!
काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसको पहलका कारण जारी भएका ६ अध्यादेश यहि महिनाको अन्तिम साता सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले पेस गरेपछि पास गराउने तयारी पूरा भएको छ।
प्रमुख सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले अध्यादेशमा असन्तुष्ट दललाई सहमतिमा ल्याएर संघीय संसद्का दुवै सदनमा निर्णायार्थ पेश गर्ने निर्णय गरेको विवरण आएको छ।
त्यसका लागि भोलि वा पर्सि नै सत्तारुढ सबै दलका शीर्ष नेताको बैठक बोलाउने निर्णय भएको कांग्रेसका एक नेताले क्यानडा नेपाललाई बताए।
प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बेलुकी बसेको दुई दलका नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेस महामन्त्री गगन थापा भने काठमाडौं बाहिर रहेकाले बैठकमा उपस्थित थिएनन्। तर पोखरेल र थापालाई यो जिम्मेवारी दिइएको छ।