नेभिगेशन
सुरक्षा–अपराध

रुपन्देहीमा एक युवकको हत्या, ठूलो आवाज आएकाले ‘गोली हानिएको हुनसक्छ’

काठमाडौं– रुपन्देहीमा हत्या गरिएका एक युवकलाई गोली हानेको हुनसक्ने आशंका गरिएको छ। 

मायादेवी गाउँपालिका–२ का २९ वर्षीय राकेशसिंह लोधको शव बिहीबार बिहान फेला परेको थियो। प्रहरीलाई स्थानीयवासीले ठूलो आवाज आएका कारण गोली चलेको हुन सक्ने बताएका छन्। 

प्रहरीले अनुसन्धान थालेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले   मृतकको टाउकोमा गम्भीर चोट लागेको र शव भएको स्थान रक्ताम्य रहेकाले हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिएका छन्। 

कसले किन हत्या गरेको भन्ने विषयमा प्रहरीले अनुसन्धान तिव्र पारेको छ। मृतक घरमा एक्लै बस्ने गर्थे। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ