एमाले महासचिव शंकर पोखरेलको टिप्पणीमा बालेनका सल्लाहकार लम्सालले के भनेका छन्?
काठमाडौं– दर्जनौ सह–सचिव सरुवा गर्दा काठमाडौं महानगरपालिकालाई बन्धक बनाउनका निम्ति एमाले नेतृत्वको सरकारले प्रमुख कार्यकारी अधिकृत नदिएको आरोप लागिरहेका बेला महासचिव शंकर पोखरेलले अपत्यारिलो टिप्पणी गरेपछि त्यसमा मेयर बालेन शाहका सल्लाहकारको प्रतिटिप्पणी आएको छ।
महासचिव शंकर पोखरेलले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई कार्यकारी अधिकृत काठमाडौँ महानगर जान किन मानिरहेका छैनन् भन्दै प्रश्न गरेका थिए।
त्यसप्रति आक्रोशित बनेका बालेनका सल्लाहकार सुनिल लम्साल भन्छन्,‘ यत्तिको चुतीया नबनाए हुन्छ कमरेड, महानगर आउने ईच्छा जाहेर गर्ने १२ जना सहसचिवसँग म आफै सम्पर्कमा छु।’
शुक्रबार अबेर राति सामाजिक सञ्जालमा एक पोष्ट गर्दै महासचिव पोखरेलले काठमाडौँ महानगरका मेयर बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउँदै तिखो आक्रोश र असन्तुष्टि पोखेको भन्दै यसतर्फ पनि ध्यान दिन आग्रह गरेका थिए।
पोखरेलले ‘काठमाडौँ महानगरको मेयर बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउँदै तिखो आक्रोश र असन्तुष्टि पोखेको देखिन्छ। तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने कुरामा उनको ध्यान पुगेको देखिँदैन’ भनी लेखेका थिए।
यसमा बालेनका सल्लाहकार लम्सालले थप लेखेका छन्,‘ तपाईहरु सँग त्यो ल्यागत छैन भने मार्ग प्रसस्त गर्दा हुन्छ, सबै नेताहरु तपाईहरु जति असक्षम पनि नहोलान्।’
महासचिव पोखरेलले कार्यकारी अधिकृत जान नमान्नुको कारण जे भए पनि सरकारले विशेष व्यवस्था गरेर भए पनि अविलम्ब कार्यकारी अधिकृत पठाउनु पर्ने बताएका थिए।