नेभिगेशन
मनोरञ्जन

बलिउडः जावेद अख्तर र कंगनाबीच ५ बर्षपछि मिलाप, आखिर विवाद के थियो?

काठमाडौं– विवादको ५ बर्षपछि बलिउडका प्रखर गीतकार जावेद अख्तर र अभिनेत्री तथा हाल भारतीय जनता पार्टीकी सांसद कंगना रनावतबीच मिलाप भएको छ।

मुम्बईको बान्द्रा अदालतमा दायर गरिएको बयानमा अभिनेत्री कंगनाले आफ्नो कारणले जावेद अख्तरलाई भएको असुविधाप्रति माफी मागेपछि मिलाप भएको हो। 

सन् २०२० मा जावेदले कंगनाविरुद्ध मानहानि मुद्दा दायर गरेका थिए। कंगनाले एक अन्तर्वार्तामा जावेदले उनलाई फिल्म ‘क्रिश ३’को समयमा राकेश रोशन र उनको परिवारसँग सम्झौता गर्न दबाब दिएको आरोप लगाएकी थिइन्। त्यसबेला कंगना र ऋतिक रोशनको प्रेम सम्बन्धको चर्चा पनि चलेको थियो। 

कंगनाले सामाजिक सञ्जाल इन्स्टाग्राममा स्टोरी सेयर गर्दै लेखेकी छिन्, ‘आज जावेदजी र मैले मानहानि मुद्दा सुल्झायौं। जावेदजी एकदमै राम्रो व्यक्ति हुनुहुन्छ र उहाँले मेरो आगामी फिल्ममा निर्देशकको रूपमा गीत लेख्न पनि सहमति जनाउनुभएको छ।’ 

अदालतमा भएको एक घण्टाको सुनुवाइमा कंगनाले भविष्यमा यस्ता बयान नदिने प्रतिबद्धता जनाइन्। कंगनाले त्यतिबेलाको बयान बुझाइमा भएको कमजोरीका कारण दिएको भन्दै फिर्ता लिएकी छिन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन