साजनअघि गायक कुमा सागरमाथि रियालिटी शोमा आस्था राउत बम्किएको भिडिओ ट्रोलमा
काठमाडौं– एउटा पडकास्टमा हाँस्य विधाका साजन श्रेष्ठले गायक कुमा सागरको मौलिकतामाथि गरेको व्यङ्ग्यले विवादको रुप लियो।
यतिसम्मकी यो प्रकरणविरुद्ध पडकास्टमा रहेका चार जनामाथि उजुरी समेत दर्ता गरियो।
गायक कुमा सागरलाई गिज्याएको आरोपमा कमेडियनसहितका ४ विरुद्ध प्रहरीमा उजुरी परेको थियो।
कमेडियनहरू सजन श्रेष्ठ र उत्सव सापकोटा, पडकास्टर सुशान्त प्रधान, गायक सुजन जिम्बाविरुद्ध नेवार समुदायका १५ जना व्यक्तिले काठमाडौं प्रहरी परिसरमा उजुरी दिएका थिए।
उजुरीमा नेवारी संस्कृति र परम्परालाई आँच आउने भाषाको प्रयोग गरिएकाले कार्वाहीको माग गरिएको थियो।
अहिले फेरि गायक कुमा सागरमाथि गायिका आस्था राउत बम्किएको अर्को भिडिओ ट्रोलमा आएको छ।
खासगरी टिकटकमा उक्त भिडिओ ट्रोलमा आएको हो। रियालिटी शो भ्वाइस अफ नेपालको प्रस्तुतीको चरणको भिडिओ हो।
ट्रोलमा रहेको भिडिओ यहाँ क्लिक गरी हेर्नुहोस्