Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘नो केवलकार’ समुहद्धारा आज कोशी र मधेस प्रदेशमा प्रर्दशन

शनिबार, फागुन १७, २०८१

ताप्लेजुङ- ताप्लेजुङ जिल्लाको पाथिभरामा केवलकार बनाउनु हुँदैन भन्दै आन्दोलन गरिरहेका ‘नो केवलकार’ पक्षले शनिबार(आज) कोशी प्रदेश र मधेस प्रदेश भरि प्रर्दशन र जुलुस गरिरहेका छन् ।

 समुहको आन्दोलनको कार्यक्रम अनुसार फागुन १७ गते शनिबार(आज) कोशीका १४ वटै जिल्ला तथा मधेशमा जनप्रदर्शन र विरोध गरिरहेको मुक्कुम्लुङ अभियान्ता राम मादेनले जानकारी दिए । मादेनले फागुन १८ गते ग्लोबल जुम बैठक गर्ने र त्यसको तीन दिनपछि काठमाडौंमा बृहत् जनप्रदर्शन र विरोधसभा गर्ने बताए ।

मादेनले केवलकार खारेजी बाहेकका विकल्प नभएको तर वार्ताको टेवलमा बसेपछि वार्ता टोलीले नै सुल्झाउने जानकारी दिए । बसेपछि सहमतिको आधारमा गरिने जानकारी दिए ।  मिति नतोकिएको कार्यक्रमअन्तर्गत ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र प्रहरी नायव उपरीक्षक रवि रावलका परिवार सहितको फोटो सार्वजनिक गर्ने र कारबाहीका लागि नेपाल सरकार र संयुक्त राष्ट्र संघको सम्बन्धित निकायमा उजुरी दिने गरी आन्दोलनरत पक्षले दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । 

आन्दोलनरत पक्षले शनिबार(आज) देखि आन्दोलनको कार्यक्रम  कोशी प्रदेशका १४ जिल्ला, मधेश प्रदेश र  राजधानी काठमाडौँमा प्रदर्शन गर्नेसम्मका कार्यक्रम रहेको लिम्बुले बताए ।  वार्तामा बस्नु अघि ‘नो केबलकार’ पक्षले एक विज्ञप्ती सर्वाजनिक गर्दै पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइ, केबलकार निर्माण क्षेत्रबाट सुरक्षा फौज फिर्ता र केबलकार निर्माण कार्य बन्द गरी त्यहाँबाट निर्माण सामग्री र उपकरण तथा निर्माणमा खटिएका जनशक्ति फिर्ता हुनुपर्ने सर्त अघि सारेका छन्।

 

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  १४:०५
प्रतिक्रिया दिनुहोस्