Nic Ad Nic Ad
Nic Ad Nic Ad

गैँडाको आक्रमणबाट एक जना घाइते

शनिबार, फागुन १७, २०८१

काठमाडौ - मकवानपुरको मनहरी गाउँपालिका-६ खयर घारी मरुङगेमा गैँडाको आक्रमणबाट एक जना घाइते भएका छन् । 

आज दिउँसो घाँस काट्ने क्रममा सोही स्थानका ३५ वर्षीय रामदिनेश कुशवाह गैँडाको आक्रमणबाट घाइते भएको प्रहरीले जनाएको छ ।

स्थानीय मरुङगे तालस्थित ब्रह्मदेवी लामिदमार मध्यवर्ती सामुदायिक (खण्ड ग) वनमा घाँस काट्ने क्रममा आक्रमणबाट कुशवाह घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । उपचारका लागि उनलाई भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  १९:३२
प्रतिक्रिया दिनुहोस्