Nic Ad Nic Ad
Nic Ad Nic Ad

मछिन्द्र क्लब केपी ओली कपको फाइनलमा

शनिबार, फागुन १७, २०८१

काठमाडौँ - मछिन्द्र क्लब केपी ओली कपको फाइनलमा पुगेको छ ।

शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र फाइनलमा पुगेको हो । मछिन्द्रको जितमा स्टेफन जालीले २ गोल गरेका थिए भने मनिष डागी र रोशन रानाले एक एक गोल गरेका थिए ।

अब मछिन्द्रले सोमबार हुने फाइनलमा त्रिभुवन आर्मी क्लबको सामना गर्ने छ । फाइनल खेल दशरथ रंगशालामा सोमबार साँझ ५ बजेदेखि शुरु हुने छ । 

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  १९:३८
प्रतिक्रिया दिनुहोस्