Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाकिस्तानमा सैन्य कारबाहीमा ६ आतङ्ककारी मारिए

शनिबार, फागुन १७, २०८१

इस्लामावाद – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलहरूसँगको गोली हानाहानमा छ जना आतङ्ककारी मारिएको सेनाले जनाएको छ ।

पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर)ले सुरक्षा बलहरूले प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा आतङ्ककारीहरूको उपस्थितिको सूचनामा गुप्तचरमा आधारित अपरेशन सञ्चालन गरेका एक विज्ञप्तिमार्फत जनाएको छ ।

आईएसपीआरको उत्तरी वजिरिस्तान जिल्लामा अपरेशनको क्रममा सुरक्षा बल र आतङ्कवादीहरू बीचको भिडन्तमा ६ आतङ्ककारी मारिएका छन् ।

मारिएका आतङ्ककारीहरूबाट हतियार र गोलाबारुद पनि बरामद गरिएको थियो, जो सुरक्षा बलहरू र सर्वसाधारणको हत्यामा सक्रिय रूपमा संलग्न थिए ।


आईएसपीआरले यस क्षेत्रमा फेला परेका अन्य आतङ्कवादीहरूलाई हटाउनको लागि उन्मूलन अपरेशन सञ्चालन भइरहेको बताएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  २१:३७
प्रतिक्रिया दिनुहोस्