एमालेको सचिवालय बैठक आव्हान
काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक भोलि दिउँसो बस्ने भएको छ । सरकारले ल्याएका छ वटा अध्यादेशको विषयमा छलफल गर्नका लागि एमालेको सचिवालय बैठक आइतबार दिउँसो २ बजे बस्ने गरि बोलाइएको छ ।
शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले संसदमा पेश भएको अध्यादेशलाई आगामी फागुन २२ गतेभित्र निर्णयार्थ प्रस्तुत गर्ने निर्णय गरेको थियो । सोही विषयमा पार्टी भित्र छलफल गर्नका लागि बैठक बस्न लागेको हो ।
बैठकमा पछिल्लो समसामिक राजनीतिक परिस्थितिको विषयमा छलफल हुने छ। एमालेले अहिले प्रत्येक जिल्लामा जरा अभियान चलाइरहेको छ। बैठकमा त्यसको विषयमा समेत छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१ २२:११
प्रतिक्रिया दिनुहोस्