Nic Ad Nic Ad
Nic Ad Nic Ad

अनुशासित र राष्ट्रप्रेमी युवा चाहिएको छ : प्रधानमन्त्री ओली

आइतबार, फागुन १८, २०८१

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताएका छन्।

आइतबार राष्ट्रिय सेवा दलको दीक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएकाले युवाको महत्व मनन गर्न आग्रह गरे। उनले युवा जगतको चौतर्फी विकासमा सरकार हरेक समय प्रतिबद्ध रहेको जिकिर गरे। उनले नैतिकवान, क्षमतावान, देशभक्त युवाहरु तयार गरी राष्ट्रको आवश्यकतालाई सहयोग गर्ने उद्देश्यसहित राष्ट्रिय सेवादल स्थापना भएको बताए।

राष्ट्रिय सेवा दलले राष्ट्रलाई आवश्यक परेको बेलामा तपाईंहरुले निःस्वार्थ सेवा भावबाट समर्पित भई एक सच्चा नेपाली नागरिकका रूपमा महत्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गरेको प्रति आभार व्यक्त गरे।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १३:०२
प्रतिक्रिया दिनुहोस्