Nic Ad Nic Ad
Nic Ad Nic Ad

समूह विजेता बन्दै दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश

आइतबार, फागुन १८, २०८१

काठमाडौँ - च्याम्पियन्स ट्रफी २०२५ अन्तर्गत इङ्ल्यान्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका सेफिफाइनल प्रवेश गरेको छ। इङ्ल्यान्डमाथि ७ विकेटको जितसहित दक्षिण अफ्रिका समूह बीको विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको हो। 

टस जितेर ब्याटिङ गरेको इङ्ल्यान्ड ३८.२ ओभरमा अलआउट हुँदै १७९ रन बनाएको थियो। इङ्ल्यान्डले दिएको १८० रनको लक्ष्य दक्षिण अफ्रिकाले २९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो। दक्षिण अफ्रिकाको लागि रस्सी भान डेर डुसेनले सर्वाधिक ७२ रन बनाए। उनले ८७ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। 

हेनरिच कालासिनले ५६ बलमा ११ चौकासहित ६४ रनको अर्धशतकीय पारी खेले। ओपनर रेयान रिकेल्टन २५ बलमा २७ रन बनाउँदै बोल्ड हुँदा अर्का ओपनर त्रिस्टन स्टब्सडकआउट भए। त्यसअघि ब्याटिङ गरेको इङ्ल्यान्डका लागि जोय रुटले सर्वाधिक ३७ रन बनाए। फिल साल्ट ८ रनमा, जेमी स्मिथ विना कुनै रन र बेन डकेट २४ रनमा आउट भए। त्यसपछि पनि कुनै खेलाडीले ठूलो पारी खेल्न सकेनन्। जो रुटले सर्वाधिक ३७ रन जोड्दा जोफ्रा आर्चरले २५ तथा जोस बटलरले २१ रन बनाए।

बलिङमा मार्को जानसेनले ९ ओभर बलिङ गर्दै ३९ रन खर्चेर ३ विकेट लिए। वियान मल्डरले ७ ओभर २ बल बलिङ गर्दै २५ रन दिएर ३ विकेट झारे। केशव महाराजले भने २ विकेट आफ्नो नाममा लेखाए। जितले दक्षिण अफ्रिका ५ अंक सहित समूह ‘बी’ को विजेता बन्यो। यसअघि अस्ट्रेलिया र दक्षिण अफ्रिकाको खेल वास आउट भएको थियो। दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १ सय ७ रनले हराएको थियो।

४ अंक जोड्दै सेमिफाइनल पुगिसकेको अस्ट्रेलिया समूह उप विजेता बन्यो। ३ अंक बनाएको अफगानिस्तान र अंकको खाता नखोली इङ्ग्ल्यान्ड समूह चरणबाटै बाहिरिए। यससँगै सेमिफाइनल समीकरण पूरा भएको छ। समूह ए बाट भारत र न्यूजिल्याण्ड सेमिफाइनल पुगेका छन्। सेमिफाइनल अघि आज यी दुई टिमले एक अर्काको सामना गर्दै छन्। यो खेलले समूह एको समूह विजेता चुन्नेछ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  २१:४३
प्रतिक्रिया दिनुहोस्