नेभिगेशन
समाज विविध

सप्तरीको फत्तेपुरम बस्तीमा पस्यो बाघ, आक्रमणमा तीन जना घाइते

काठमाडौं– सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित खोरिया टोलीको बस्तीमा सोमबार बाघ पसेको छ। 

कोशी टप्पु बन्य जन्तु आरक्ष क्षेत्रबाट आएको आशंका गरिएको बाघलाई अहिले नियन्त्रणमा लिइएको छ। तर बस्तीमा आतंक मच्चाएको बाघको आक्रमणमा तीन जना घाइते भएका छन्। 

आक्रमणमा परी गणेश खत्री, कृष्ण विष्ट र रिजाना गोसाई घाइते भएको प्रहरीले जनाएको छ। बस्तीमा पसेपछि अहिले उक्त क्षेत्रमा सर्वसाधारणको भागाभाग भएको थियो।

पछिल्लो केही समयदेखि उक्त बाघ एउटा फर्निचर उद्योगमा बसिरहेको थियो। बाघलाई खेद्न प्रहरी चौकी फत्तेपुरका प्रहरीहरु परिचालित थियो। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध