कांग्रेस प्रचार विभाग प्रमुख समेत रहेका विश्वकर्माले तोकिएको समयमा नै महाधिवेशन हुने बताउँदै अहिले पार्टीभित्र रहेका गुट तथा पक्ष अब नहुने बताएका छन् । फरक प्रसङ्गमा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यूएसएआईडी तथा वैदेशिक सहयोग रोक्ने निर्णय केही समयको चुरीफुरी मात्रै रहेको टिप्पणी गरेका छन् ।
यही अवस्थामा अध्यादेश पारित हुँदैन : मिन विश्वकर्मा
काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले यथास्थितिमा सरकारले ल्याएको अध्यादेश पारित हुने अवस्था नरहेको बताएका छन् ।
आज (सोमबार) बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा नेता विश्वकर्माले सरकारले अध्यादेश ल्याउन कांग्रेससँग छलफल गरे पनि संसदमा लैजाँदा पार्टीहरूबाट असन्तुष्टि आउँदा पारित हुने अवस्था सिर्जना नभएको बताए ।
कांग्रेस केन्द्रीय सदस्य समेत रहेका विश्वकर्माले अहिलेको गठबन्धन ०८४ सालको निर्वाचनसम्म कायम रहने दाबी पनि गरेका छन् । उनले पछिल्लो समय कांग्रेस चलायमान बनिरहेको पनि बताए । अहिलेको अवस्थामा ५५ विभाग निर्माण गरेर ७७ वटै जिल्लामा निरन्तररूपमा कार्यक्रम भइरहेको उनको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१ १४:३१
प्रतिक्रिया दिनुहोस्