छाङरूमा हिउँ पन्छाउँदै सशस्त्र प्रहरीको गस्ती
काठमाडौ - हिमपात भएसँगै हिमाली क्षेत्रको जनजीवन कष्टकर बनेको छ। तर, सुरक्षा निकायको आफ्नो दैनिकी भने रोकिएको छैन। हिउँ पन्छाउँदै सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा आफ्नो गस्ती गरिरहेको छ।
दार्चुलाको छाङरूस्थित बिओपीले माइनस १८ डिग्री सेल्सियस तापक्रममा पनि सशस्त्र नियमित गस्ती गरिरहेको छ । यो बिओपीले भारत र चीन दुवै छिमेकी देशसँगको सीमा क्षेत्रको सुरक्षा हेर्दै आएको छ।
सशस्त्र प्रहरीका देशभरि २५४ बिओपी छन्। जसमध्ये १० वटा उत्तरी नाकामा छन्। प्रतिकूल मौसम र न्यून स्रोत साधनका बाबजुद ती बिओपीले सीमा नियमित गस्ती गर्दै आएका छन्।
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१ १४:५०
प्रतिक्रिया दिनुहोस्