Nic Ad Nic Ad
Nic Ad Nic Ad

मनीष झा रास्वपाको कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा फर्किए

सोमबार, फागुन १९, २०८१

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा मनीष झा नै फर्किएका छन् । यसअघि झा अध्ययन बिदामा बसेपछि उक्त जिम्मेवारी नेतृ प्रतिभा रावललाई दिइएको थियो ।

माघ ४ गतेदेखि झा अध्ययन बिदामा बसेपछि रावल कार्यवाहक प्रवक्ता बनेकी थिइन् । ‘म केही हप्ता अध्ययन बिदा पश्चात आजबाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता (कार्यवाहक) को जिम्मेवारीमा फर्किएको छु’ झाले भने ।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १४:५८
प्रतिक्रिया दिनुहोस्