Nic Ad Nic Ad
Nic Ad Nic Ad

पूर्वयुवराज पारस शाह तीन दिन अस्पतालमा रहने, स्वास्थ्य अवस्था के छ?

सोमबार, फागुन १९, २०८१

काठमाडौं– हृदयघात भई नर्भिक अस्पतालमा भर्ना भएका पूर्वयुवराज पारस शाह तीन दिनसम्म उपचारमा रहने भएका छन्।

शाहलाई आइतबार बेलुका हृदयघात भएपछि नर्भिक अस्पताल लगिएको थियो। उपचारमा संलग्न चिकित्सका अनुसार आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको छ।

‘हिजो बेलुका हृदयघात नै भएर आउनु भएको थियो। हामीले एन्जीयोप्लाष्टिक गर्यौं,’ उपचारका संलग्न डाक्टर भन्छन्, ‘अहिले स्वास्थ्य अवस्था सुधार उन्मुख छ।’

राज परिवारमा हृदयघात वंशाणुगत समस्या रहेका कारण पारसमा पनि निरन्तर यस्तो समस्या देखिएको उपचार संलग्न बताउँछन्।
 

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १६:११
प्रतिक्रिया दिनुहोस्