Nic Ad Nic Ad
Nic Ad Nic Ad

भ्रमको खेतीमा ‘अहिलेको सरकारलाई पीएचडी दिए हुन्छ’ भन्दै आए बालेनका डरलाग्दा ६ बुँदा

सोमबार, फागुन १९, २०८१

काठमाडौं– नेकपा एमाले नेतृत्वको सरकारसँग काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह यसै पनि रुष्ट छन्। प्रमुख कार्यकारी अधिकृत नपठाएर महानगरलाई बन्धक बनाएको चर्चा चलिरहेका बेला बालेन अझ आक्रामक शैलीमा प्रस्तुत भएका छन्।

मेयरमाथि विभिन्न प्रकारका आरोप लगाएर भ्रम छरेको उनको ठहर छ। उनी भन्छन्,‘भ्यू टावरको नक्सा पासको स्वीकृति मेयरले दिएको भन्ने प्रचारित भ्रम हो।’

योसहित अन्य ५ बुँदमा हालको सरकारलाई बालेनले प्रश्न गरेका छन्। यी प्रश्न डरलाग्दा पनि छन्। 

उनी भन्छन्,‘कार्यकारी टिक्दैन भनेर फैलाउन खोजिएको भ्रम पनि छ। अहिलेसम्मको हाम्रो कार्यकालमा ४ जना कार्यकारी हटेका छन्। ४ मध्ये २ लाई हटाउनुको कारण उनीहरू भ्रष्टाचारमा संलग्न रहेको भनेर हो। के कार्यकारी टिक्छन् भन्ने देखाउन हामीले भ्रष्टहरूलाई संरक्षण गरिराख्नु पर्ने हो? २ जनालाई सरकारले हटाएको हो, त्यो पनि महानगरलाई जानकारीसमेत नदिएर।’

यस्ता छन् बालेनका अन्य बुँदागत प्रहारहरू। 

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्