परराष्ट्रमन्त्री र गृहमन्त्रीले भेटे प्रकृति लम्सालका बुवा–आमा
काठमाडौं- परराष्ट्रमन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकले भारत उडिसास्थित केआईआईटी कलेजमा शंकास्पद मृत्यु भएकी प्रकृति लम्सालका बुवा–आमालाई भेटेका छन् ।
बुटवलस्थित दिवंगत प्रकृतिको मामाघर पुगेर उनका बुवा–आमासँग भेट गरेको परराष्ट्रमन्त्री देउवाले जानकारी दिएकी छन् । भेटमा प्रकृतिको न्यायका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको परिवाजनलाई जानकारी गराएका मन्त्री देउवाले बताएकी छन् ।
केआईआईटीमा बीटेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति केही समय पहिले कलेजकै छात्रावासमा मृत भेटिएकी थिइन् । त्यसपछि त्यहाँ नेपाली विद्यार्थीले प्रकृतिको न्यायका लागि आवाज उठाएका थिए । केही विद्यार्थी नेपाल पनि फर्किएका छन् । तर, दुवै देशका अधिकारीहरूको पहलपछि कलेजको वातावरण सामान्य बन्यो । भारतस्थित नेपाली दूतावासका अधिकारीहरू कलेजमै पुगेर नेपाली विद्यार्थीको सुरक्षाका लागि समन्वय गरेका थिए ।