Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपा भन्दा अघि बढ्यो अर्को समूह, स्ववियू चुनावमा रविको निर्वाचन जिल्लामा बालेन युथ फोरम

सोमबार, फागुन १९, २०८१

काठमाडौ -स्ववियु निर्वाचनमा भाग नलिने निर्णय रास्वपाले गरिरहँदा भरतपुर चितवनमा भने बालेनका नाममा युवा समूहले उम्मेदवारी दर्ता गरेको छ। 

आगामी चैत्र ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनका लागि विरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा  १३ वटा संघ संगठन दर्ता भएका छन्। 

सोमबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनका लागि संघ संगठन र समूह दर्ता गर्ने समय निर्धारण गरिएको थियो। सो समयमा क्याम्पसका विभिन्न विद्यार्थी संगठनसहित १३ वटा संगठन र समूह दर्ता भएको निर्वाचन अधिकृत देवेन्द्र प्रसाद पौडेलले बताए । 
पौडेलका  अनुसार अखिल (क्रान्तिकारी), अनेरास्ववियु, लोकतान्त्रिक विद्यार्थी संघ, नेपाल विद्यार्थी संघ,अखिल (क्रान्तिकारी) बहुमत, अखिल (छैठौं),अनेरास्ववियू, संयुक्त अखिल,समाजवादी विद्यार्थी युनियन, नेपाल ,अखिल समाजवादी , प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल, अखिल (क्रान्तिकारी) वैद्य, बालेन युथ फोरम बोर्यालले दर्ता गरेका छन् ।

निर्वाचन समितिले केन्द्रीय निर्वाचन कार्यतालिकाअनुसार नै सोमबार संघ संगठन दर्ता गरेको र अन्य तालिकाका विषयमा मंगलबार संघ संगठनबिच बैठकमा छलफल गरिने बताएको छ। 

त्रिभुवन विश्वविद्यालयले निकालेको केन्द्रीय निर्वाचन तालिकाअनुसार फागुन २१ गते मतदाता सूची प्रकाशित गर्ने र फागुन २५ मा मतदाता सूचीउपर दाबी विरोध गर्ने समय रहेको छ। त्यसैगरी, फागुन २५ गते नै मतदाता सूचीउपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ।

फागुन २६ गते उम्मेदवारका लागि मनोनयनपत्र वितरण हुनेछ। प्रत्यक्ष र समानुपातिक दुवैतर्फको उम्मेदवारको मनोनयनपत्र नामावली दाखिला गर्ने समय फागनु २७ लागि तोकिएको त्रिविको सूचनामा उल्लेख छ। सोही दिन नै दुवैतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ। 

दुवैतर्फको उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने २८ फागुनका लागि तोकिएको छ। त्यसैगरी, उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय २९ फागुन तोकिएको छ। सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ।  मतदान चैत ५ गते बिहान ८ बजेदेखि हुनेछ।

 

received_1391136102323522-1741007974.jpeg
 

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १९:०३
प्रतिक्रिया दिनुहोस्