Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘सङ्घीयतालाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ’

सोमबार, फागुन १९, २०८१

बारा- जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मुलुकमा सङ्घीयतालाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन्।

सोमबार फेटा गाउँपालिकामा आयोजना गरिएको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उनले सङ्घीयतालाई कमजोर पार्न देशकै ठूला पार्टीहरू लागेको आरोप लगाए।

अध्यक्ष राउतले सरकारले दल विभाजनको अध्यादेश ल्याउन खोज्नु मधेसवादी दललाई कमजोर बनाउने खेल भएको धारणा राखे।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्दै सङ्घीयतालाई मुलुकमा टिकाइ राख्न जरूरी रहेको बताउँदै उनले प्रदेशको मातहतमा प्रहरी नआएसम्म काम गर्न निकै गाह्रो हुने जिकिर गरे। 

कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू प्रभुनाथ पटेल, रौशन खातुन, पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश साह, बारा जिल्ला अध्यक्ष शिवनाथ पटेललगायतले सम्बोधन गरेका थिए

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  २०:३२
प्रतिक्रिया दिनुहोस्