Nic Ad Nic Ad
Nic Ad Nic Ad

थापाथलीमा मेलम्चीको पाइप फुट्यो, सडक अवरुद्ध

मंगलबार, फागुन २०, २०८१

काठमाडौं - थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेको छ । बिहानै पाइप फुटेपछि उक्त क्षेत्रमा बाढी आएको छ । सडकसमेत अवरुद्ध भएको छ ।

थापाथलीमा के कारणले पाइप लाइन फुटेको हो भन्ने पत्ता लागिसकेको छैन । थापाथली चोकबाट नर्भीक इन्टरनेशनल आउने सडकमा पाइपको लाइन फुटेको हो  ।

यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो । त्यस क्षेत्रका सरकारी कार्यालयहरू डुबानमा परेका थिए । बबर महलमा विद्युत प्राधिकरणको काम गर्ने बेला पाइप फुटेको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  ०७:०८
प्रतिक्रिया दिनुहोस्