Nic Ad Nic Ad
Nic Ad Nic Ad

मलेसिया श्रम आप्रवासनमा सिन्डिकेटको अफवाहप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण

मंगलबार, फागुन २०, २०८१

काठमाडौँ -श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियामा नेपाली कामदार पठाउने प्रक्रियामा सिन्डिकेट गर्न लागिएको भन्ने अफवाहप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले हालसम्म कुनै निश्चित म्यानपावर व्यवसायीलाई फाइदा पुग्ने गरी नीतिगत निर्णय नगरेको स्पष्ट पारेको छ।

मन्त्रालयले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको श्रम आप्रवासन प्रक्रिया खुला, पारदर्शी र भेदभावरहित रहेको उल्लेख गरिएको छ। साथै, श्रम आप्रवासनलाई थप व्यवस्थित र कामदारमैत्री बनाउन नीतिगत तथा कानुनी सुधारहरू निरन्तर भइरहेका मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता सहसचिव डण्डुराज घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भविष्यमा पनि मलेसियामा कामदार पठाउने विषयमा कुनै व्यवसायीलाई लाभ हुने गरी नीतिगत निर्णय नहुने स्पष्ट गरिएको छ।

त्यस्तै, मन्त्रालयले सिन्डिकेटसम्बन्धी भ्रामक एवम् आधारहीन प्रचारप्रसारमा नलाग्न सबै सरोकारवालासँग अनुरोध गरेको छ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  ०८:५८
प्रतिक्रिया दिनुहोस्