Nic Ad Nic Ad
Nic Ad Nic Ad

केआईआईटीमा प्रकृति लम्सालको मृत्युः लेखक र राणाले मृतकका बुवा–आमालाई के भने?

लेखक र राणाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नै प्रकृतिका बुवा सुनिल लम्साललगायतसँग कुराकानी गरेका थिए
मंगलबार, फागुन २०, २०८१

काठमाडौं– भारतको ओडिसा राज्यस्थित केआईआईटी विश्वविद्यालयमा आत्महत्या गर्न बाध्य बनाइएकी नेपाली विद्यार्थी प्रकृति लम्सालका बुवाआमासँग गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणाले भेट गरेको पछिल्लो विवरण सार्वजनिक भएको छ। 

मन्त्री राणाले भेट गरी न्यायका लागि भारत सरकार र त्यहाँका सम्बन्धित निकायलाई कुराकानी गरेको जानकारी प्रकृतिका बुवाआमालाई गराएको बताएकी थिइन्। 

बुटवलस्थित प्रकृतिको मामाघरमा लेखक र राणासहित प्रदेश सरकारका केही मन्त्री समेत पुगेका थिए। 

भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्यु भएको थियो। रुपन्देहीकी २० वर्षीया लम्साल विश्वविद्यालयको होस्टलमा मृत अवस्थामा फेला परेकी थिइन्। 

यस घटनापछि भुवनेश्वर प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रहरीले प्रमाण संकलनका लागि लम्सालको मोबाइल जफत गरेको विवरण प्राप्त भएको थियो। 

लम्सालको मृत्युको विरोधमा नेपाली विद्यार्थीहरूले न्यायको माग गरेका थिए तर, विश्वविद्यालय प्रशासनले उनीहरूलाई होस्टलबाट निष्कासन गरेपछि यो प्रकरणले नेपालमा मात्र नभई भारतमा पनि चर्चा पाएको थियो। 

Home-Iaf--1741060312.jpg
पछिल्लो पटक विश्वविद्यलयले माफी मागी नेपाली विद्यार्थीलाई फर्किनका लागि आग्रह पनि गरेका खबर सार्वजनिक भएका थिए। 

लेखक र राणाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नै प्रकृतिका बुवा सुनिल लम्साललगायतसँग कुराकानी गरेका थिए। 

सो कुराकानीमा प्रधानमन्त्रीले घटनाको समग्र विषयमा थप जानकारी लिँदै न्यायका लागि पहल गर्ने र अपराधमा संलग्नलाई कारबाही गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। 

उनले यो घटनामा निष्पक्ष छानबिन गरी न्याय सुनिश्चित हुनेमा आफू विश्वस्त रहेको बताएका थिए। 

उनले भनेका थिए, ‘यो खबर सुनेर मलाई निकै दुःख लागेको छ। हामी सबैलाई दुखी बनाएको छ। भएर गएको घटनालाई फर्काउन सकिँदैन। नहुनुपर्ने घटना भयो। हामीले धैर्य गरेर यसको सामना गर्नुपरेको छ । छानबिन पनि भइरहेको छ।’

कुराकानीका क्रममा प्रकृतिका बुवा सुनिल लम्सालले सरकारले पहल गरिरहेको भन्दै विदेश पढ्न जाने अन्य विद्यार्थीले भविष्यमा यस्तो पीडा भोग्न नपरोस् भनेर ध्यान दिनुपर्ने बताएका थिए। सुनिलले भनेका थिए, ‘हाम्रो त घटना भइसक्यो। त्यहाँ धेरै नेपालीका छोराछोरी छन् । आगामी दिनमा यस्ता घटना नहुन्। सरकारले पनि यसमा पहल गरोस्। घटना भइसक्यो, दुर्घटना भइसक्यो।’

उडिसाको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत प्रकृति लम्साल फागुन ४ मा मृत फेला परेकी थिइन्। यो घटनामा संलग्न भएको आरोपमा उडिसा प्रहरीले भारत उत्तर प्रदेशका एक विद्यार्थीलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ।

तर अहिले अनुसन्धान कहाँ पुग्यो भन्ने पछिल्ला बिबरण भने सार्वजनिक भएका छैनन्।
 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  ०९:३७
प्रतिक्रिया दिनुहोस्