नेभिगेशन
विश्व

ट्रम्पले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहायतामा प्रतिबन्ध लगाए, बाटोका सामान समेत रोकिए

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनलाई दिँदै आएको सबै प्रकारका सैन्य सहायतामा प्रतिबन्ध मात्र लगाएका छैनन् बाटोका सामानमा समेत रोक लगाएका छन्। 

अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्ने घोषणा गरेको हो। युक्रेनका नेताहरूले शान्तिप्रति असल विश्वासको प्रतिबद्धता नदेखाएसम्म ह्यवाइट हाउसले सबै विद्यमान सैन्य सहायता रोकेको अमेरिकी मिडिया आउटलेट ब्लूमबर्गले जनाएको छ। 

ब्लूमबर्गले युक्रेनमा नपुगेका अमेरिकी सैन्य उपकरणलाई रोकिने बताएको छ। यसमा पोल्याण्ड पुगेका सामानहरू पनि समावेश छन्। यसबारे हालसम्म अमेरिकी रक्षा विभाग वा राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै टिप्पणी गरेका छैनन्।

तीन दिनअघि ह्वाइट हाउसमा युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच तनावपूर्ण भेटवार्ता भएको थियो। त्यसको तीन दिनपछि अमेरिकाले युक्रेनलाई दिइने सैन्य सहायता रोक्ने घोषणा गरेको हो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप विश्व