नेभिगेशन
मनोरञ्जन

ज्योती मगर र दुर्गेश थापाबीचको भनाभन के हो? 

काठमाडौं– गायिका तथा मोडलसमेत रहेकी ज्योती मगर र गायक दुर्गेश थापाको सामाजिक सञ्जालमा भएको भनाभनको विषय छताछुल्ल भएको छ।
यो विवाद दाङको तुलसीपुर महोत्सवका सन्दर्भमा भएको थियो। 

थापाले हालै दाङमा आयोजित तुलसीपुर महोत्सवमा आफूले प्रस्तुति दिने कार्यक्रम ज्योति मगरले अचानक रोकेको आरोप लगाएका छन्। 

दुर्गेशको स्ट्याटस
durgesh_UVkT0o61nu-1741068271.png
दाङको तुलसीपुरमा यही फागुन १ देखि सञ्चालित तुलसीपुर महोत्सव १७ गते दिउँसो अचानक रोकिएको थियो। 

आयोजक तुलसीपुर चेम्बर अफ कमर्सका महासचिव दुर्गा शर्माले भने दाङका प्रमुख जिल्ला अधिकारीसँग महोत्सव जारी राख्न कुरा राखे पनि फागुन १ देखि १६ गतेसम्मको मात्रै अनुमति लिएको भन्दै नमानेकाले महोत्सव बीचमै रोक्नुपरेको बताएका थिए।

उक्त महोत्सवमा प्रस्तुति दिन दुर्गेश फागुन १८ गते जाने कुरा थियो। तर महोत्सव नै समापन भएपछि उनी रोकिनुपरेको थियो। फेरि त्यही दिन ज्याति मगरले फेसबुकमा व्यंग्य गर्दै लेखेकी थिइन्।

ज्योति मगरको स्ट्याटस 

jyoti_ukmb162wYe-1741068256.png

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन