Nic Ad Nic Ad
Nic Ad Nic Ad

मधेस शहीद प्रतिष्ठान सदस्य ‘मधेस भवन’भित्र मृत भेटिए, मृत्युको कारण खुलेको छैन

मंगलबार, फागुन २०, २०८१

काठमाडौं– जनकपुरको मधेस भवनभित्र मधेस शहीद प्रतिष्ठानका सदस्य नरेश यादव मंगलबार मृत फेला परेका छन्। उनको मृत्युको कारण खुलीसकेको छैन।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बिहान ७ बजे आफ्नै ओछ्यानमा यादव मृत फेला परेका हुन्। वान्ता गरेको अवस्थामा मृत फेला परेका उनको शवलाई पोस्टमार्टमका लागि प्रादेशि अस्पताल जनकपुर लगिएको छ। 

पोस्टमार्टम रिपोर्टपछि मात्र उनको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्