काँग्रेस-एमाले सरकार जति लामो जान्छ माओवादीलाई त्यति फाइदा हुन्छ : प्रचण्ड
काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस–एमाले गठबन्धनको सरकार जति रहन्छ आफ्नो पार्टीलाई त्यति फाइदा हुने बताएका छन् ।
कैलालीको टिकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा मंगलबार बिहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
पत्रकारले सरकार कति समयसम्म चल्छ भनेर सोधेका थिए । जवाफमा ‘प्रचण्ड’ले भने, ‘अहिले सरकारको आयु नतोकौँ । हामी भनिराखेका छौँ- बसिराखोस् यो सरकार जति बस्छ त्यति माओवादीलाई फाइदा हुन्छ ।’
तर, सरकारले ठिक काम भने नगरेको उनले बताए । सरकारले गरिरहेका कामहरू गलत रहेको र यो जनताले यो बुझिराखेको उनले बताए । सत्तारुढ दलभित्रै समेत असन्तुष्टि रहेको उनको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१ १२:५६
प्रतिक्रिया दिनुहोस्