Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रतिनिधि सभामा पाँच वटा अध्यादेश पेश हुँदै

मंगलबार, फागुन २०, २०८१

काठमाडौँ- पाँच वटा अध्यादेश प्रतिनिधि सभाको भोलि फागुन २१ गतेको बैठकमा पेश गर्ने गरिने भएको छ । सरकारले भूमि सम्बन्धीबाहेकका अन्य पाँच वटा अध्यादेश पेश गर्ने भएको हो ।

आर्थिक गतिविधि वृद्धि गर्ने र अर्थतन्त्र चलायमान गर्न सहज हुने ५ वटा अध्यादेश संसद्का दुवै सदनमा पेश हुने भएका हुन् ।

भूमि सम्बन्धी अध्यादेशमा भने जसपा नेपालले असहमति जनाएका कारण अझै थप छलफल गरेर प्रतिस्थापन विधेयक ल्याउने वा अन्य उपायबारे थप छलफल भइरहेको छ । जसपा नेपालले साथ नदिँदा राष्ट्रिय सभामा बहुमत नपुग्ने भएकाले योबाहेक अन्य अध्यादेश पेश हुन लागेको हो ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले भोलिको प्रतिनिधि सभा बैठकमा अध्यादेश पेश हुने बताए । त्यसअघि आजै दिउँसो सभामुख देवराज घिमिरेले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

जसपा नेपाल अरू अध्यादेश पारित गर्न सहमत भएको छ । यसअघि बालुवाटारमा भएको बैठकमा धेरै विषयमा सहमति जुटेको बताइएको छ । जसपा नेपालले मधेश प्रदेशको मुख्यमन्त्रीमा अडान राखेको छ । अहिले काँग्रेस एमालेले जनमत पार्टीलाई मुख्यमन्त्रीमा सघाएका छन् ।

मधेशमा जनमतका सीके राउत र जसपाका उपेन्द्र यादवबीच बेमेल छ । राष्ट्रिय सभामा जनमतको प्रतिनिधित्व नभएकाले काँग्रेस एमाले उपेन्द्रलाई समेट्ने दबाबमा छन् । मधेशको मुख्यमन्त्री र संघीय सरकारमा पनि मन्त्रालय पाउँदा जसपा नेपाल भूमि अध्यादेश पनि पारित गर्न तयार रहेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्