रवि हराएको रास्वपा
यो कुनै ‘चिना हराएको मानिस’को कथा या टिप्पणी होइन। न आगामी तिजमा रिलिजको डेट तय गरेर कलाकार फाइनल गरिरहेको ‘जनै हराएको बाहुन’को कथा हो।
आज अलिक सफ्ट कर्नरबाट रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि टिप्पणी गर्ने कोशिश गर्छु।
यसमा राजनीतिक दल र नेतामा हुने प्रवृत्ति अनि अबको भाष्य र भविष्य कस्तो होला भन्ने सम्भावनाको हिसाब किताब पनि राख्नेछु।
आफ्नो तर्क र मतबाट भड्किनेवाला छैन, टिप्पणीकार। जे सत्य हो, त्यसैमाथि उभिएर विचरण, बहस र विश्लेषण हुनेछ।
आँधी हुरी र बतासको शैलीमा उदय भयो रास्वपा। यो उदय थियो– परम्परागत राजनीतिक दलमाथि र तिनले गरेका गतिविधिविरुद्धको ‘फ्रस्टेशन’को।
मतदाताको भावलाई बुझ्न सकिएन र त्यसमा अहंकारको कसीलाई लेप बनाउन थालियो भने अस्वभाविक स्खलन हामीले यहि जुनीमा, हाम्रै कालमा, यहि गणतन्त्र भन्ने व्यवस्थामा देखिरहेका छौं।
त्यसको उदाहरणका रुपमा अरुलाई हेर्न पर्दैन, कमल थापा हेरे पुग्छ।
खैर अब केही तर्कतिर प्रवेश गरौं अनि विषयबस्तुमाथि गम्भिर विचरण त हुने नै छ।
राजनीतिको बारेमा कुरा गर्ने जो कोहीले पनि कुनै न कुनै समयमा यस्तै अनुभव गरेको हुनुपर्छ। यसले वास्तवमा अमेरिकी राजनीतिमा व्याप्त एउटा अन्तर्निहित समस्यालाई औंल्याउँछ, अहंकार।
के सबै राजनीतिज्ञहरू अहंकारी हुन्? राजनीति भनेको नेतृत्व प्रदान गर्ने बारेमा हो, तर नेतृत्वलाई प्रायः अहंकारले प्रेरित मानिएको छ।
धेरै सांसारिक मानव खोजहरूको बारेमा भन्नको लागि धेरै राम्रो कुरा छैनन् तर विशेष गरी आधुनिक मानव अस्तित्वमा ती आवश्यक छन्।
कुनै पनि समाजले नेतृत्वको व्यक्तित्व बिना काम गर्न सकेको छैन। यो सभ्यता हो, तर फेरि आदिम मानिसहरूका जनजातिहरूमा नेतृत्व संरचनाहरू थिए। जनावरहरूको पनि हुन्छन्। हात्तीहरूको बथानमा पनि नेता हुन्छ।
यदि यो वास्तविकता हो भने किन मानिसका नेताहरूलाई अहंकारले प्रेरित गर्दछ?
हामीले उदाहरणका लागि शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल या अन्यको नाम लिँदा केही फरक पर्दैन, अहंकारले आदीम बास गरेका यी व्यक्तिलाई नेता मानिएको छ।
संसारका धेरै भागहरूमा मानिसहरूसँग निर्वाचित गर्नु बाहेक अरू कुनै विकल्प नभएका धेरै नेताहरू तिनीहरूको व्यक्तित्वको कालो आवेगबाट प्रेरित हुन सक्छन्। भाग्य र प्रसिद्धिको पछि लाग्नु आफैमा मानव अवस्थाको कालो आवेग हो। निस्वार्थ रूपमा सार्वजनिक सेवामा आफूलाई समर्पित गर्ने मानिसहरू एक दुर्लभ जात हुन्, र धेरैजसो भागमा तिनीहरू या त अस्तित्वहीन छन् वा ढोंगी हुन्।
हाम्रै मुलुकमा पनि राजनीति सबै मानिसहरूलाई राम्रो बनाउनको लागि अवस्थित छ, तिनीहरूलाई तुच्छ देखाउनको लागि होइन। बहसको क्रममा व्यक्तिहरूलाई अपमान र कमजोर बनाउनाले उनीहरूलाई दोब्बर हुन र अनावश्यक रूपमा रक्षात्मक बन्न बाध्य पार्नु बाहेक अरू केही गरेको पाइन्न।
यसका अतिरिक्त, यसले व्यक्तिगत अलगावको आवश्यकताको पूर्वकल्पित धारणाहरूलाई बलियो बनाउँछ। बढ्दो लोकतन्त्रलाई चाहिने अन्तिम कुरा अलगाव र बहसमा योगदान गरेकोेमा बदलाको डर पनि पैदा हुन्छ।
जे होस् अब शीर्षकतिर फर्कौं। मैले लेखेको छु– रवि हराएको रास्वपा।
अत्यासलाग्दो मत आएपछि यहि धर्तीको राजनीतिक रङ्गसँग घुलित रवि लामिछानेमा पनि स्वभाविक रुपमा पलाएको विषय हो– अहंकार। यो अहंकारले सत्ताको उपयोग, शक्तिको प्रयोग र त्यसको बलमा आफूले गर्न सक्नेसम्मको गर्ने र हुर्मत लिने कोशिश उनले नगरेका होइनन्।
राज्यले उनलाई उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी दिएको थियो। तर, विज्ञानको नियम जस्तै राजनीतिको बिनियमतिर रविले ध्यान नदिएको प्रतीत हुन्छ। न्यूटनले ठिक भने कि गलत त्यसको मापक त म होइन, गणित हो। तर, हरेक क्रियाको ठिक विपरित प्रतिक्रिया हुन्छ भनेझैं रविमाथि अहिले भएको त्यहि जस्तो लाग्छ।
भनिन्छ, हिलो सफा गर्न हाम फाल्नुपर्छ भनेर। राजनीतिको हिलो सफा गर्नका लागि किनारामा बसेर निर्देशन दिए पनि काफी हुन्छ। हामै फाल्दा पनि भासिनेगरी फाल्नुचाहिँ स्वभाविक नहुने रहेछ भन्ने उदाहरण त रविले बुझेको हुनुपर्छ।
अझ संकट र खतरा टरेको छैन। कुन विषयबस्तु कहाँ आह्वान गर्ने अनि कस्ता विषयबस्तुलाई कसरी समाधान गर्न सकिन्छ भन्ने अज्ञान नै आफ्ना लागि खतराको द्योतक बनेको त रविले बुझेको हुनुपर्छ, अहिले।
यथार्थ के हो भने अव रास्वपामा रविको पुनर्दोय सम्भवतः कठिन छ। किनभने राहदानी प्रकरणको मुद्दा सर्वोच्च अदालतमा पेशीमा चढ्ने आदेश भैसकेको छ। त्यो मुद्दामा नै रविलाई राजनीतिक रिङबाट आउट गर्न सकिन्छ भने खुकुरीको धारमा छन् सहकारी प्रकरणका अन्य मुद्दाहरू। सानो पाइला प्रकरण त जिल्ला अदालत प्रवेश गरेकै छैन।
‘रास्वपा राजनीतिक रुपमा स्थापित भयो।’
‘हाम्रा एजेन्डा कायम छन् र अब कसैले पनि रास्वपालाई फरक दृष्टिले हेर्न सक्तैन।’
यो मैले भनेको होइन। रास्वपाका उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेले भनेका हुन्। उनीहरूले गलत भनेका होइनन्। यो भनाईको आन्तर्यमा लुकेको भाव हो– ‘अब रवि नभए पनि रास्वपा बाँच्यो।’
शीर्षकको मर्म नै यहि हो कि, सानो अहंकारले रविलाई रास्वपाबाट अलग बनायो। रवि व्यक्ति होलान् तर संस्था उनका लागि किन सती जाने थियो।
मैले बारम्बार भन्ने गरेको छु। म, यानकी टिप्पणीकारले भनिरहेको हुन्छ– राजनीतिमा अल्जेब्रा हुन्छ। हो, रास्वपाभित्रको अल्जेब्रा उपयोग हुन थालेको छ। यसर्थ, रवि हराएको रास्वपा अर्थपूर्ण छ भन्ने प्रमाणित गर्नेछन्। किनभने कार्यबाहक नै सही, नेतृत्वमा आफू रहनु र डाडु पुन्यू चलाउने प्राधिकार पाउनु भनेको चानचुने कुरा होइन।
अन्त्यमा,
रास्वपाले आगामी वैशाखमा महाधिवेशन गर्ने भनी निधो गरेको छ। त्यो महाधिवेशनसम्म पुग्दा रविको राजनीतिक औचित्य कति रहन्छ त्यो सर्वोच्च अदालत, निर्वाचन आयोग र स्वयम् रास्वपाले नै परिक्षण गर्नेछ।