Nic Ad Nic Ad
Nic Ad Nic Ad

बोरिङ खन्दा टीकाथलीमा निस्किएको आगोको ज्वाला नियन्त्रणमा

मंगलबार, फागुन २०, २०८१

काठमाडौं- ललितपुरको टीकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा निस्केको आगोको ज्वाला नियन्त्रणमा आएको छ ।

बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किएपछि स्थानीय र सुरक्षाकर्मीको टोलीले लामो समयको प्रयासपछि नियन्त्रणमा लिएको हो ।

बिहानै निस्किएको आगोको ज्वाला करिब १२ बजेतिर नियन्त्रणमा आएको हो ।  जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरहरि रेग्मीले स्थानीय र प्रहरी टोलीले आगो निभाएको बताए ।

स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका थिए । फायर स्टेङ विसरको सहयोगमा निभाइएको उनले बताए ।

एक स्थानीयका अनुसार करिब ९ सय फिट खनिसकेपछि आगोको ज्वाला निस्किएको थियो । पानी हाल्दा झन बल्ने भएकोले आगो निभाउन समस्या भएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १३:५१
प्रतिक्रिया दिनुहोस्