Nic Ad Nic Ad
Nic Ad Nic Ad

खाना पकाउने ग्यासको मूल्य बढ्यो

मंगलबार, फागुन २०, २०८१

काठमाडौँ- खाना पकाउने एलपी ग्यासको मूल्य बढेको छ । प्रति सिलिन्डर १२ रुपैयाँ ७५ पैसाले बढेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारी र नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीबीचको बैठकमा आयल निगम सञ्चालक समितिको २ दिनअघि बसेको बैठकले गरेको ग्यासको भाडा समायोजनसम्बन्धी निर्णय जानकारी गराइएको छ ।

वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादु कार्कीसहितका सरकारी प्रतिनिधि र व्यवसायीबीच भएको ४ घण्टा लामो वार्तामा ५ बुँदे सहमति भएको छ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्