Nic Ad Nic Ad
Nic Ad Nic Ad

ललिता निवास प्रकरणको फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मंगलबार, फागुन २०, २०८१

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा दोषी ठहर भएका र सफाइ पाएकाहरुविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ ।

दोषी ठहर भएकाहरूलाई बढी सजाय हुनुपर्ने अनि सफाई पाएकाहरूलाई दोषी ठहर गर्नुपर्ने माग राखेर अख्तियारले सर्वोच्चमा पुनरावेदन दर्ता गरेको हो ।

ललिता निवास प्रकरणका ११० जना आरोपित विरुद्ध नै अख्तियार सर्वोच्च अदालत पुगेको छ । अख्तियारले अरु ६५ जना जग्गाधनीहरूको जग्गा जफत हुनुपर्ने माग राखेर पुनरावेदन दर्ता गरेको हो ।

ललिता निवास जग्गा प्रकरणमा मुछिएका आरोपितहरूलाई कम सजाय गर्ने र कतिपयलाई सफाई दिने विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको अख्तियारको दाबी छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १८:०६
प्रतिक्रिया दिनुहोस्