Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेमकिपाको अध्यक्षमा नारायणमान बिजुक्छे चयन

मंगलबार, फागुन २०, २०८१

काठमाडौँ - नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान बिजुक्छे (रोहित) सर्वसम्मत चयन भएका छन् ।

गत १६ फागुनबाट सुरु भएको पार्टीको आठौँ महाधिवेशनले बिजुक्छेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

नेमकिपा स्थापना भएदेखि नै पार्टी अध्यक्ष बिजुक्छे नै छन् ।

बिजुक्छेको नेतृत्वमा विक्रम संवत २०३१ साल माघ १० गते नेमकिपा स्थापना भएको थियो । नेमकिपाको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १९:२८
प्रतिक्रिया दिनुहोस्