नेभिगेशन
पूर्वाधार

हट्यो नागढुंगा सुरुङ मार्ग निर्माणमा स्थानीयको अवरोध

काठमाडौँ - नागढुंगा सुरुङ मार्गको अवरोध हटेको छ ।

धादिङको धुनीवेशी नगरपालिकाको एक जनाको घरमा क्षति पुगेको भन्दै स्थानीयले अवरोध गरेपछि सोमबार बिहानदेखि काम रोकिएको थियो । अवरोध हटेसँगै काम सुचारु हुने भएको छ।

नागढुंगा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ८६ प्रतिशत बढी पुगेको छ । अन्डरपास, बक्स कल्भर्ट र ओभरपास निर्माणको काम समेत सम्पन्न भइसकेको छ ।

आयोजना अन्तर्गत तीन वटा पुल बनिसकेका छन् । अब फ्लाईओभरको काम जारी छ । फ्लाईओभरको काम ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप पूर्वाधार