Nic Ad Nic Ad
Nic Ad Nic Ad

श्रमदानबाटै सिँचाइ योजना मर्मत

बुधबार, फागुन २१, २०८१

बेनी - म्याग्दीको बेनी नगरपालिका-४ थाम डाँडाका स्थानीयले श्रमदानबाटै सिँचाइ योजना मर्मत गरेका छन् । चार वर्षअघि निर्माण भएको बालमखोला सिँचाइ आयोजनाअन्तर्गत थामडाँडा र बदमखोरीया क्षेत्रको सिँचाइ पाइपलाइनमा समस्या देखिएपछि उपभोक्ताहरूले आठ दिनसम्म श्रमदान गरी मर्मत गरेका हुन् ।

गाउँनजिक रहेको, रिजर्भ ट्यांकीदेखि करिब पाँच सय मिटर दुरीको पाई पलाइनलाई परिवर्तन गरेर नयाँ पाइपलाइन विस्तार गरिएको बालमखोला सिँचाइ आयोजना उपभोक्ता मूल समितिका सचिव धनकाजी सुनारले जानकारी दिए ।

उनका अनुसार, ३५ घरधुरीबाट एक/एक जनाले श्रमदान गरेका थिए । यसअघि दुई इञ्चको पाइप राखिएकोमा समस्या भएपछि पाइपलाइनको नयाँ मार्ग बनाएर रिजर्भ ट्यांकीको आउटलेटबाट डेढ इञ्चको पाइप थप गरिएको समितिले जनाएको छ ।

श्रमदानबाट पाइपलाइन मर्मत गरेपछि ३५ घरधुरीको १९० रोपनी खेतीयोग्य जमिनमा सिँचाइको सुविधा पुगेको समितिका सचिव सुनारले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  ०७:२०
प्रतिक्रिया दिनुहोस्