अमेरिकामा अवैधानिक बसेका जम्मा ८ जनालाई ट्रम्पले सेनाको जहाजमा काठमाडौं झारिदिए
काठमाडौं– अमेरिकामा अवैधानिक हिसाबमा बसेका नेपालीलाई त्यहाँको प्रशासनले काठमाडौंमा झारिदिएको छ।
राष्ट्रपति डोनल्ड ट्रम्पको नीतिअनुसार अवैध हिसाबले बसेका आप्रवासीलाई सम्बन्धित मुलुक पठाउने निर्णयअनुसार नेपालीलाई पनि अमेरिकी सेनाको जहाजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान उतारिएको हो।
विमानस्थल प्रहरीका अनुसार नेपालीलाई ल्याइएको छ र उनीहरुको विवरण तयार पार्ने काम जारी छ। विमानस्थलका प्रहरी उपरिक्षक (एसपी) लालध्वज सुवेदीले क्यानडानेपालसँग भने,‘जहाज आइसकेको छ, हामी विवरण तयार पारिरहेका छौं।’
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१ १०:४६
प्रतिक्रिया दिनुहोस्